Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व आजबाट सुरु

साउन,१३ काठमाडौं । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजबाट सुरु भएको छ ।
नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिनासम्म मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।

बौद्धमार्गीहरुले विशेषगरी स्वयम्भूको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्दछन् । स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको छ । यो पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएता पनि अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका छन् ।

पर्वको अवसरमा नौ बाजा बजाउने प्रचलन छ । तर प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ ।
पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाउने गरिन्छ । नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com