Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

विवाह गरेको ५४ वर्षपछि ७० वर्षको उमेरमा जन्माए पहिलो सन्तान

भारतको राजस्थान राज्यका एक पाका जोडीले विवाहको ५४ वर्षपछि भर्खरै पहिलो सन्तानलाई स्वागत गरेका छन् । यससँगै उनीहरू इतिहासमा सबैभन्दा पाको उमेरमा बच्चा जन्माउने वृद्ध जोडीमध्ये एक भएका छन् ।

७५ वर्षीय गोपीचन्द र उनकी ७० वर्षीया श्रीमती चन्द्रावती लामो समयदेखि सन्तान जन्माउने प्रयासमा थिए तर उनीहरुको सपना पूरा भएन । वर्षौंसम्म उनीहरूले अनगिन्ती अस्पताल र क्लिनिकहरू धाए, विभिन्न उपचार र प्रक्रियाहरू पार गरे, तर त्यसले केही रङ ल्याएन । करिब डेढ वर्ष अघि, गोपीचन्दले आफ्नी श्रीमती गर्भवती हुने सम्भावना बारे बुझ्न अलवरको इन–भिट्रो प्रजनन क्लिनिकमा सम्पर्क गरे । महिलाको पाको उमेर चिन्ताको विषय थियो, तर पछिल्ला सफलताका कथाहरू थिए । यसअघि ग्रामीण गुजरातकी जिभुवेन भलाभाइ रबारीले पनि ७० वर्षको उमेरमा स्वस्थ छोरा जन्माएकी थिइन् । दुईपटकको विफल आइभीएफपछि चन्द्रावती अन्ततः गर्भवती भइन् र हालै एक स्वस्थ छोरा जन्माइन् ।

‘चन्द्रावती नौ महिनाअघि आइभीएफमार्फत् तेस्रो प्रयासमा गर्भधारण गर्न सफल भइन् । अत्यधिक खुसीको माहौल थियो तर आमाको बढ्दो उमेर डरको सबैभन्दा ठूलो कारण थियो । तर गत सोमबार उनले एक स्वस्थ छोरा जन्माइन्,’ आइभीएफ विज्ञ डा. पंकज गुप्ताले भने ।

पूर्व सेना तथा नयाँ पिताले आफ्नो छोरालाई पहिलो पटक समात्दाको क्षणमा आँसु रोक्न सकेनन् । उनले पत्रकारसँगको कुराकानीमा आफू आफ्नो परिवारको एक्लो छोरा भएकोले आफ्नो नाम छोरालाई हस्तान्तरण गर्न पाउँदा अत्यधिक खुसी भएको बताए । उनीहरुले पछिल्लो १९६८ देखि सन्तान जन्माउन प्रयास गरिरहेका थिए ।

‘देशभर यो उमेरमा बच्चा जन्माउनेको संख्या निकै कम छ,’ डा. गुप्ताले भने । ‘राजस्थानमा ७५ वर्षीय पुरुष र ७० वर्षीया महिलाले बच्चा जन्माएको यो पहिलो घटना हो ।’

चाखलाग्दो कुरा के छ भने, गोपीचन्द र चन्द्रावती देवी ७० वर्षको उमेरमा आइभीएफमार्फत् आमाबाबु बन्ने अन्तिम जोडी हुनसक्छन् किनकि यस वर्षको जुलाईमा लागू भएको नयाँ कानूनले आइभीएफ बाँझोपन केन्द्रहरूलाई ५० वर्षभन्दा माथिका महिला र पुरुषहरूलाई उपचार उपलब्ध गराउन निषेध गरेको छ । कानुन लागु हुनु अघि नै बच्चा जन्माउन पाउनु उनीहरुको भाग्यकै कुरा हो ।

विश्वभर पाको उमेरमा सन्तान जन्माउने महिला पनि भारतकै थिइन् । सन् २०१९ मा ७४ वर्षकी माङ्गायामले आइभीएफ विधिमार्फत् स्वस्थ्य जुम्ल्याहा छोरी जन्माएकी थिइन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com