Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

वनस्थलीमा स्कुटर दुर्घटना हुँदा किशोरको मृत्यु

काठमाडौँको वनस्थलीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका बस्दै आएका २० वर्षीय राज दोङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौँ महानगरपालिका–१६ वनस्थली चोकमा बा४ख ५७३९ नंको बस र बा ५७ प ३४४४ नंको स्कुटर एकआपसमा ठोकिएका थिए । गम्भीर घाइते दोङको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com