Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

अरिङ्गालले चिलेर एक जनाको मृत्यु

भदौ,१३ काठमाडौं । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-१ नाङ्खोल्याङमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ ।
गएराति अरिङ्गाल झार्न गएका २८ वर्षीय खेमराज बर्देवाको अरिङ्गालले चिलेर ज्यान गएको जिल्ला प्रहरी प्रमुख डीएसपी कैलाश राईले जानकारी दिनुभयो ।

‘अरिङ्गाल बडरको रुखमा रहेछ । बडरको रुखमा चडेर अरिङ्गाल झार्न थालेपछि गोलो नै उहाँमाथि खनिएर टोक्दा रुखबाट तल झर्नुभएछ ।’ डीएसपी राईले भन्नुभयो ‘अरिङ्गालले चिलेर धेरैको ज्यान गएको छ, अब जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने अवस्था देखिएको छ ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com