Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

अमेरिकामा गोली हानेर दुई प्रहरीको हत्या

अमेरिकाको कनेक्टिकट राज्यमा गोली हानेर दुई जना प्रहरी अधिकारीको हत्या भएको छ।
द न्युयोर्क टाइम्सका अनुसार स्थानीय समयअनुसार बुधबार राती ब्रिस्टोल भन्ने ठाउँमा ती दुई प्रहरीमाथि गोली हानिएको थियो। गोली लागेर घाइते भएका अर्का प्रहरीको अवस्था गम्भीर रहेको कनेक्टिकट स्टेट पुलिसले जनाएको छ।

गोली कसले, किन चलाएको हो भन्नेबारे खुलिसकेको छैन। घटनाको विस्तृत विवरण सार्वजनिक गर्न केहीबेरमा पत्रकार सम्मेलन गर्न लागिएको छ।
प्रत्यक्षदर्शीहरूले घटनास्थलमा थुप्रै पटक गोली चलेको आवाज सुनेको बताएका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com