Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित

जेठ,२काठमाण्डौ। ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् । नेपाली कांग्रेससँग गठबन्धन गरी स्वतन्त्र उम्मेदवार रुम्दालीले पाँच हजार २१ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रुपलाल तामाङलाई १२०६ मतान्तरले पछि पार्दै रुम्दाली निर्वाचित भएका हुन् । तामाङले तीन हजार आठ सय १५ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आश्रचन राई निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

राईले चार हजार सात सय ५० मत ल्याउदा रुम्दालीले दुई हजार ५७७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार चम्पा राईले ६०४ मत प्राप्त गरेकी छिन् । मानेभञ्ज्याङ्गमा नेपाली कांग्रेसले स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीसँग गठबन्धन गरेको थियो भने नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com