Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

कात्तिक ,११ काठमाडौँ । अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ।

सन्धिखर्क नगरपालिका १० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेमा बिहीबार राति प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालका अनुसार बा२५प ८८७६ नम्बरको अर्को मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्।

घाइते दुवैजनाको बुटवलमा रहेको मर्सि सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com