Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

जमिन साट्ने नाउँमा राष्ट्रियता बन्धक राख्न सक्दैनौं: भट्टराई

जेठ,२२ काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले जमिन साँट्ने नाउँमा राष्ट्रियता बन्धकमा राख्न नसकिने बताएका छन्।
आज प्रतिनिधि सभामा भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्याबारे भएको छलफलका विषयमा प्रश्न गर्दै कुनै जग्गा सट्टा गर्ने नाउँमा राष्ट्रियता बन्धक राख्न नसक्ने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल-भारत सीमा समस्या हल गर्न बंगलादेश मोडलबारे चर्चा भएको बताएका थिए।
प्रधानमन्त्रीको सोही अभिव्यक्तिबारे प्रश्न गर्दै भट्टराईले कुनैपनि सर्तमा नेपालको संविधानले नेपालको भूमि अरू कुनै विदेशीलाई दिने हक नदिएको बताए।
उहाँले के आधारमा बंगलादेशको बाटोको कुरा गर्नुभयो? हामी कुनै जग्गा सट्टा गर्ने नाउँमा राष्ट्रियता बन्धक राख्न सक्दैनौं। बेच्न सक्दैनौं, उनले प्रश्न गरे।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com