Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

सेफ नेपाल’ रियालिटी शो सञ्चालन हुने, जजमा प्रियं‌का कार्की पनि

नेपालमा पहिलो पटक खाना पकाउने कलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने भएको छ।
नेपाली खानाको प्रवर्धन र खाना पकाउने कलाको विकासका लागि पाककलासम्बन्धी रियालिटी शो सञ्चालनमा ल्याउन लागिएको निर्माता धर्मराज पाण्डेले जानकारी दिए।

उनले भने, ‘नेपाली खानाको प्रवर्धनका लागि एउटा प्लेटफर्म क्रियट गरौं भनेर यो अभियान चलाइएको हो। हामीसँग नेपाली खाना र मिडिया हुनुहुन्छ, मैले पुलका रुपमा काम गर्न लागेको हुँ।’

धर्म पिक्चर्सको प्रस्तुति रहेको सेफ नेपालको निर्देशन सिमोस सुनारले गर्नेछन्। सेफ नेपाल रियालिटी शोमा सेलीब्रेटी जजका रुपमा नायिका प्रियंका कार्की रहनेछिन्।

नेपालमा नौलो शोका रूपमा निर्माण गर्न लागिएको शोमा नेपाली खानाका पारखी र यस क्षेत्रमा रूची हुनेलाई प्रोत्साहन गर्नुका साथै नेपाली खानाको प्रचारप्रसारमा सहयोग पुग्ने निर्माण पक्षको विश्वास छ।

साउनदेखि सञ्चालनमा आउने उक्त शोका लागि करिब चार करोड रुपैयाँ खर्च हुने जनाइएको छ। साउन पहिलो सातादेखि कार्यक्रम उत्पादन गरिने र अन्तिम सातादेखि कार्यक्रम प्रसारण हुने निर्माता पाण्डेले जानकारी दिए। विजेतालाई २५ लाख रुपैयाँ पुरस्कार र सेफ नेपालको प्रमाणपत्र दिइनेछ।

‘नेपाली खानाबारे धेरै अध्ययन र प्रतिस्पर्धा भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा बिबिसी मास्टर सेफजस्ता शो भइरहेका छन्। यो मास्टर सेफकै विधि हो, मास्टर सेफ ल्याउँदा बढी खर्चिलो हुने भएकाले हामीले नेपालकै मौलिक ब्राण्ड बनाउन खोजेका हौं,’ निर्माता पाण्डेले भने।

प्रतियोगिताको अहिले ‘प्रि अडिशन राउण्ड’ चलिरहेको छ। अनलाइनबाट प्रतियोगीले सहभागिता जनाउन सक्नेछन्।
औपचारिक घोषणा भइसकेको शो लागि ‘अनप्रोफेस्नल’ले पनि सहभागिता जनाउन पाउँछन्। गृहिणी, खाना पकाउन रुचाउने कला भएका व्यक्ति तथा होटल म्यानेजमेन्ट अध्ययन गरेकाले सहभागिता जनाउन सक्नेछन्। अनलाइन आवेदनमध्ये १०० जनालाई छानिने छ। उनीहरूले निर्णायकका अगाडि लाइभ अडिशनमा आफ्नो कला देखाउनुपर्नेछ।

तीस जना छनोट भएपछि उनीहरूमध्ये कुकिङ प्रतिस्पर्धाबाट एलमिनेट राउण्डका लागि १५ जना छनोट गरिनेछ। त्यसपछि एलिमिनेट राउण्ड सुरू भएपछि १५ जनाबाट एक-एक जना एलिमिनेट हुँदै टप तीन छनोट गरी उनीहरूमध्येबाट सेफ नेपाल विजेता घोषणा गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको निर्णायकमा प्रिय‌का कार्की, सेफद्वय गणेश ढकाल र लम्मणप्रसाद भण्डारी छन्। हरेक ‘एपिसोड’मा तीन निर्णायकबाहेक अन्य दुई जना अतिथि एक सेलिब्रेटी र अर्का एक सेफ रहनेछन्। यो कार्यक्रम अवधिभर सेफहरूलाई आफ्नो पाककला देखाउने अवसर पनि पाइने पाण्डेले बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com