Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भुटानी शरणार्थी प्रकरण : अझै सकिएन बहस

जेठ,३१ काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको करोडौं ठगीको आरोपमा पक्राउ परेका प्रतिवादीहरुको बहस आज आज पनि सकिएको छैन।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमराज न्यौपानेले मंगलबारभित्रै प्रतिवादीहरुले प्रतिरक्षा बहस सक्नुपर्ने भन्दै समयसीमा तोकेका थिए। तर आज सकिँदा पनि अझै बहस सकिएको छैन।

आज नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल हज समितिका अध्यक्ष शमशेर मिया र कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाको तर्फबाट बहस भयो। खाण र मियाको तर्फबाट प्रतिरक्षा बहस सकिए पनि आङटावातर्फको बहस अझै सकिएको छैन।

उनको तर्फबाट भोलि एकजना अधिवक्ताले बहस गर्नेछन्। त्यसपछि बाँकी तीन जना प्रतिवादीहरु भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको तर्फबाट प्रतिरक्षा बहस हुनेछ।

भोलि प्रतिवादीहरुको तर्फबाट प्रतिरक्षा बहस सकिएको अवस्थामा शुक्रबार सरकारी वकिल पक्षहरुले जवाफी बहस गर्नेछन्। त्यसपछि पक्राउ परेका अभियुक्तहरुलाई साधारण तारेख तथा धरौटीमा रिहा गर्ने वा पुर्पक्षामा थुनामा पठाउने भन्ने आदेश हुनेछ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com