Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

राज्यलाई ठग्नेहरूलाई कारबाही गर्न खाेज्दा राजनीतिक दबाब आयाे : गृहमन्त्री श्रेष्ठ

‘अपराध, ठगीमा राजनीतिमा जाेडिएकाे मान्छे पर्‍याे भने नेताहरू कराउन थाल्छन्’

कास्की – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यलाई ठग्नेहरूलाई कारबाही गर्न खोज्दा राजनीतिक दबाब आउने गरेको बताउनुभएको छ ।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले अपराध गर्नेहरूलाई कारबाही गर्न खोज्दा निरन्तर हस्तक्षेप भइरहेको बताउनुभयो । कुनै अपराध, ठगी, जालसाजीमा राजनीतिमा जोडिएको मान्छे पर्‍याे भने राजनीतिक पार्टीका नेताहरू कराउन थाल्ने गरेको उहाँको भनाइ छ ।

गल्ती, अपराध गर्नेहरूलाई कारबाही गर्न थाल्ने बित्तिकै उद्योगी व्यवसायीहरूले वक्तव्यबाजी शुरु गर्ने गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन नसकिने बताउनुभयो ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा व्यापारी अरुण चौधरी, कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्शनका सञ्जय ठाकुरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिजो पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेलगत्तै नेपाल उद्योग परिसङ्घले पत्रकार सम्मेलन गरेर व्यापारी चौधरीलाई प्रहरीले अकस्मात् पक्राउ गरेर निजी क्षेत्रको मानमर्दन गरेको बताएको थियो ।

अहिले व्यवसायी चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापा अस्वस्थ रहेको भन्दै ग्रान्डी अस्पताल पुर्‍याइएकाे छ । काठमाण्डौ जिल्ला अदालतले पक्राउ परेको तीन जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद दिएको छ । उज्यालो

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com