Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

जेठ, २ काठमाण्डौ । डडेलधुराको आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल विजयी भएका हुन्।

अध्यक्षमा पार्कीले २३८९ मत र उपाध्यक्ष रावलले २६०२ मत प्राप्त गरेका छन्। अध्यक्षका निकटम प्रतिद्वन्द्वी कांग्रेसका बलबहादुर गुरुङले २२२४ मत ल्याएका छन्। यस्तै एमालेका मीनबहादुर बोगटी १४६९ मतसहित तेस्रो स्थानमा छन्।

उपाध्यक्षमा भने कांग्रेसकी जला कुमारी बोगटी २२४१ मतसहित दोस्रो स्थानमा रहँदा एमालेकी शान्ती जोशी १६४८ मतसहित तेस्रो स्थानमा रहे। यसअघिको निर्वाचनमा भने कांग्रेसका गुरुङ विजयी बनेका थिए। तर यसपालि भने उनी माओवादीका पार्कीसँग पराजित भएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com