Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

गाजामा परमाणु आक्रमणकाे अभिव्यक्ति दिने इजरायली मन्त्रीलाई मन्त्रिपरिषद् बैठकमा जान रोक

इजरायलले गाजामा परमाणु आक्रमण गर्ने अभिव्यक्ति दिएका आफ्ना एक जना मन्त्रीलाई मन्त्रिपरिषदमा सहभागी हुन रोक लगाएको छ ।

दक्षिणपन्थी पार्टीका सदस्य एवम् इजरायली सरकारका मन्त्री एमिचाइ एलियाहुले हमासको विरुद्ध गाजामा परमाणु आक्रमण गर्नुपर्ने बताएपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुन रोक लगाउनुभएको बीबीसीले जनाएको छ । उहाँले सरकारको तर्फबाट मन्त्री एलियाहुको अभिव्यक्ति खारेज गरेको घोषणा गर्दै अभिव्यक्ति दिने मन्त्रीलाई माफी माग्न भन्नुभएको छ ।

मन्त्रीको अभिव्यक्तिलाई लिएर अरब देशहरुबाट कडा प्रतिक्रिया आउन थालेपछि प्रधानमन्त्री नेतान्याहुले अभिव्यक्ति दिने मन्त्रीलाई अनिश्चितकालका लागि मन्त्रिपरिषद् बैठकमा रोक लगाउनु भएको हो । यसैबीच इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ ।

एक महिनाको युद्धमा गाजामा १० हजार २२ जना मारिएका र ती मध्ये चार हजार एक सय चार जना बालबालिका रहेका प्यालेस्टिनी सरकारले जनाएको छ । इजरायलतर्फ एक हजार चार सय जना मारिएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com