Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मन्त्री पौडेल र खड्कालाई थप जिम्मेवारी

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन्।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिपद् कार्यालयबाट कार्यभार तोकिएका बारेमा प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराए।

तीन मन्त्री फरकरफरक कार्यक्रममा सहभागी हुन विदेश प्रस्थान गरेकाले उनीहरूको अनुपस्थितिमा प्रधानमन्त्री देउवाले कार्यभार तोकेका हुन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ युरोप भ्रमणमा भएकोले उनको अनुपस्थितिमा उनले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार शिक्षामन्त्री पौडेललाई तोकिएको हो।

त्यस्तै, प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज रसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकोले उनले सम्हाल्दै आएको जिम्मेवारी पनि मन्त्री पौडेललाई तोकिएको हो।

त्यस्तै, प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू स्वीट्जरल्याडको जेनेभामा आयोजना हुने विश्व व्यापार संघको कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकोले उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री नारायण खड्कालाई तोकेका हुन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com