Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

ल्होत्से मल घटनामा संलग्न थप १५ जना पक्राउ

फागुन,४ काठमाडौं । बालाजुको माछा पोखरीमा यातायात मजदुरले गरेको प्रदर्शनमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिसिटिभी फुटेज र भिडियोमा देखिएका १५ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा.मनोज केसीले बताए ।

पक्राउ पर्नेमा काभ्रे घर भएका सुरज मगर, उदयपुरका रितेश बस्नेत र मोरङ बेलबारी घर भएका यमन राई छन् । उनीहरू ल्होत्से मलबाट मोबाइल चोर्दै गरेको भिडियोमा देखिएका छन् ।

आगजनी र तोडफोडमा संलग्नहरु नुवाकोट घर भएका सुनिल कालिकोटे, माछा पोखरी घर भएका रोमन नगरकोटी, नुवाकोट घर भएका सुदिप तामाङ, मापा पोखरीमा व्यापार गर्ने माधव शाही, नुवाकोट घर भएका १९ वर्षीय केशव राई र सिन्धुली घर भएका इन्द्र तामाङ छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com