Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

एमालेले बनायो ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

कमिटीमा ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन गरिएको नेता विष्णु रिजालले बताए। एमाले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर विजय हासिल गर्ने अठोटका साथ निर्वाचनमा होमिएको उनले बताए।

बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा निर्वाचन परिचालन कमिटीको बैठक बसेको थियो।
बैठकमा आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका बारेमा छलफल भएको थियो। नागरिक दैनिक

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com