Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बागमती नदी किनारमा बस्नेहरुलाई सर्तक रहन आग्रह : मेलम्ची खानेपानी आयोजनाको अनुरोध

काठमाडैं ५ चैत । मेलम्ची खानेपानी विकास समितिले बागमती नदी किनारमा बस्नेहरुलाई सर्तक रहन आग्रह गरेको छ । आज साँझ एक सूचना जारी गर्दै समितिले मेलम्चीबाट छोडिएको पानी सुन्दरीजल आइपुग्न लागेको र सो पानी बागमती नदीमा छोडिने जनाएको हो । बागमतीमा पानी बहाव बढ्ने भएकोले सर्तक रहन आग्रह गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ सञ्चालनको कार्य २०७८ चैत्र २९ गतेबाट अस्थाई रुपमा सुरु गरिएको हो । हाल नियन्त्रित दरबाट सुरुङ भरिने कार्य भई रहेको छ र २०७९ बैशाख ६ गतेबाट सुन्दरीजल सुरुङ्गको सफाइको कार्य गरिने क्रममा मेलम्ची नदीबाट पथान्तरण भई आएको पानी बाग्मती नदीमा छाडिने समितिले उल्लेख गरेको छ ।

सूचनामा भनिएको छ– ‘सुन्दरीजलदेखि तल बाग्मती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन अनुरोध गर्दछौँ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com