Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

तारा एयरमा ज्यान गुमाएका भारतीय जोडी सम्बन्धविच्छेद अघि, दुई बच्चासहित नेपालमा छुट्टी मनाउन आएका थिए

तारा एयरलाइन्सको विमानको भग्नावशेष सोमबार बिहान फेला परेको छ । मुस्ताङको थसाङ गाउँपालिका–२ मा आइतबार सम्पर्कविहिन भएको विमान भेटिएको हो । विमानमा चालक दलका सदस्यसहित २२ जना सवार थिए । १४ जनाको शव फेला परेको छ । बाँकीको यकिन भइरहेको छ । विमानमा भारतको महाराष्ट्रको ठाणेबाट एकै परिवारका चार जना पनि सवार थिए ।

नेपालस्थित भारतीय दूतावासले ठाणेका अशोक त्रिपाठी ९५४०, उनकी श्रीमती वैभवी बाँडेकर–त्रिपाठी ९५१०, छोरा धनुष त्रिपाठी ९२२० र छोरी ऋतिक त्रिपाठी ९१८० पनि यात्रा गरेको जनाएको छ ।

अशोक त्रिपाठी श्रीमती वैभवीसँग अलग्गै बस्दै आएका थिए । दुबैको सम्बन्धविच्छेद हुन लागेको थियो र मुद्दा अदालतमा थियो । अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै बिताउन भनेको थियो । यसै क्रममा चारैजना नेपाल आएका थिए । दुबै छोराछोरी वैभवीसँग बस्थे, अशोक एक्लै बस्थे ।

प्राप्त जानकारी अनुसार अशोकसँगै उनका काका पनि जान लागेका थिए । तर अन्तिम समयमा उनले योजना परिवर्तन गरे ।

वैभवीकी आमा घरमा एक्लै

विमान दुर्घटनाको जानकारी पाएपछि वैभवीका छिमेकीले भने,‘यो निकै दुर्भाग्यपूर्ण हो र हामी सबै स्तब्ध भएका छौँ । वैभवीको घरमा वृद्ध आमा मात्रै छिन् । रुँदा रुँदा उनीको हालत खराब छ । वैभवीकी आमाको केही दिनअघि शल्यक्रिया भएको थियो र उनी घरमा एक्लै छिन् ।’

वैभवी मुम्बईको बान्द्रा(कुर्ला कम्प्लेक्सस्थित एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्छिन् । छोरा धनुष इन्जिनियरिङमा उत्तीर्ण छन् भने छोरी ऋतिका स्कुलमा छिन् ।

अशोकका बुबा जिल्ला न्यायाधीश थिए

अशोकको ओडिशामा एचआर कन्सल्टेन्सी फर्म छ । उनी पाँच दाजुभाइमध्ये चौथो हुन् । उनका परिवारका बाँकी सदस्य पुणेमा बस्छन् । दुर्घटनाको जानकारी पाएपछि पूरै परिवार राति अबेर ठाणे पुगेका थिए । अशोकका बुबा जिल्ला न्यायाधीश हुन् । उनको ११ वर्षअघि निधन भएको थियो । उनकी आमाको पनि २०२० मा निधन भयो ।

अशोक आफ्नो काकासँग जान लागेका थिए

अशोकका भाइ कानन त्रिपाठीले भने, ‘अशोकले मसँगै नेपाल घुम्ने योजना बनाएका थिए । यसमा उनी निकै खुसी थिए । यद्यपि, मेरो केहि काम पर्यो, त्यसैले म जान पाइनँ । ’

अशोक मे २६ मा मुम्बई आएका थिए र यो परिवार यहाँबाट नेपाल आएका थिए । अशोकका केयरटेकरले भने, ‘सर (अशोक) मुम्बई गएको दिन उहाँले आफू कहिले फर्कने भनेर केही भन्नुभएको थिएन । उहाँले मलाई घरको हेरचाह गर्न मात्र आग्रह गर्नुभयो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com