Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मी हडतालमा

 

अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडताल शुरु गरेका छन् । कर्मचारी तहको विवाद सुल्झाउन नसकेपछि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले हडताल थालेका हुन् । 

अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामूलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न ठाउँहरुमा सुरू भएको र वेस्ट कोस्टमा पनि हडतालमा हजारौँ स्वास्थ्यकर्मी सहभागी हुने युनियनले जनाएको छ ।

स्थानीय युनियनहरूको प्रतिनिधित्व गर्ने छाता समूह ‘कैसर परमानेन्टी युनियन्सले’ ले गएको महिना एक विज्ञप्ति निकालेर यो ‘अमेरिकी इतिहासमा सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल’ हुने बताएको थियो ।  युनियनले बोर्डमा तलब वृद्धि र श्रमको उप–सम्झौता तथा अन्य मागहरू सम्बोधन गर्न माग राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी    

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com