Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

सोनिया गान्धी अस्पताल भर्ना

भारतीय कंग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छन्।
कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्यमा समस्या आएपछि आइतबार उनलाई दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

उनलाई केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखिने पार्टी प्रवक्ता रन्दीप सिंह सुर्जेवालाले जानकारी दिए। उनका अनुसार गान्धीको स्वास्थ्य अवस्था सामान्य छ।

गान्धीमा गत बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। उनलाई मनी लउन्डरिङको मुद्दामाथि सोधपुछ गर्न प्रवर्तन निर्देशनालयले जुन ८ मा बोलाएको थियो। उनलाई पुनस् जुन २३ तारिखको लागि बोलाएको छ।
कंग्रेसका नेता राहुल गान्धीलाई पनि निर्देशनालयले सोमबार सोधपुछको लागि बोलाएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com