Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

भारतमा राष्ट्रपति निर्वाचनको मतदान सुरु

भारतको संसदमा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ। सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा राष्ट्रपति पदका लागि मनोनयन गरेको छ।

निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र दोस्रो महिला राष्ट्रपति हुनेछिन्। वर्तमान राष्ट्रपति रामनाथ कोविन्द दलित समुदायबाट राष्ट्रपति भएका हुन्। ६४ वर्षीया मुर्मु राजनीतिमा प्रवेश गर्नुअघि पूर्वी राज्यको ओडिशास्थित एक विद्यालयमा शिक्षक थिइन्। उनले राज्य सरकारमा मन्त्री पदहरू सम्हालिसकेकी छिन् र छिमेकी राज्य झारखण्डको गभर्नर भइन्।

मुर्मुले -आफ्नो जीवन समाजको सेवा गर्न र गरिब, दलित र सीमान्तकृतहरूलाई सशक्तिकरण गर्न समर्पित गर्नुभएको छ,’ भारतीय प्रधानमन्त्री मोदीले उनको उम्मेदवारी घोषणा गरेपछि ट्वीट गरेका थिए।

राष्ट्रपति पदका लागि मुर्मुका मुख्य प्रतिद्वन्द्वी अनुभवी राजनीतिज्ञ यशवंत सिन्हा पूर्व भाजपा सदस्य र पूर्व वित्त तथा विदेश मन्त्री हुन्। उनलाई कांग्रेसलगायत विपक्षी दलहरूले समर्थन गरेका छन्। उनी वर्तमान मोदी सरकारको आलोचक पनि हुन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com