Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

रुसको सीमा क्षेत्रमा ड्रोन आक्रमण

एजेन्सी– युक्रेसँग सिमाना जोडिएको रुसको बेल्गोरोड क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई खसालेको उक्त क्षेत्रका गभर्नरले बताएका छन्।
गभर्नर व्याचेस्लाभ ग्लाडकोभले मंगलबार टेलिग्राम पोस्टमा त्यस क्षेत्रमा कुनै ठूलो दुर्घटना भने नभएको उल्लेख गरेका छन्।

उनले बेल्गोरोड क्षेत्रको ग्रेभोरोन जिल्ला र बोरिसोभ जिल्लामा ड्रोन आक्रमण भएको र थुप्रै निजी आवासीय भवनहरूलाई क्षति पुर्‍याएको बताएका छन्।
युक्रेनको खार्कोभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ। एक युक्रेनी सशस्त्र बल ‘सबोटेज र टोही समूह’ सोमबार बेलगोरोड क्षेत्रमा प्रवेश गरेको रूसी पक्षले जनाएको छ।

तर कीभले यस क्षेत्रमा अपरेशनको पछाडि दुई रूसी अर्धसैनिक समूहको हात रहेको बताएको छ।
बेल्गोरोड क्षेत्र सोमबारदेखि आतंकवाद विरोधी अभियानको अधीनमा छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com