Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

इजरायलले निर्दोष नागरिकलाई आक्रमणको निशाना बनाएको वेष्ट बैंककाे आराेप

इजरायलको नियन्त्रणमा रहेको वेष्ट बैंकका अधिकारीहरुले इजरायलले निर्दोष प्यालेस्टाइनी नागरिकहरुलाई लक्षित गरी आक्रमण गरिरहेको आरोप लगाएका छन् ।

सशस्त्र समूहहरूसँग कुनै सम्बन्ध नभएका प्यालेस्टाइनी नागरिकहरूको समूहलाई लक्षित गरेर आक्रमण गर्नु इजरायलको गल्ती भएको उनीहरुले बताएका छन् । उनीहरुका कारण इजरायली सेनालाई कुनै खतरा नभएको भन्दै वेष्ट बैंकले इजरायलको आक्रमणको विरोध गरेको बीबीसीले जनाएको छ । यसअघि जनवरी ७ तारिखमा इजरायलको एउटा गाउँमा एकै घरमा चारजना  दाजुभाईसहित सात जनाको आक्रमणका क्रममा ज्यान गएको थियो।

इजरायलले उनीहरु विद्रोही समूह रहेको दाबी गर्दै आएको छ । तर वेष्ट बैंकले मारिनेमा कृषि क्षेत्रमा काम गर्ने श्रमिक रहेको भन्दै इजरायलविरुद्ध विभिन्न प्रमाणहरु देखाइरहेको खबरमा उल्लेख छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com