Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

गौशालाबाट हराएकी २ वर्षीया बालिका आकिशा सुनुवारको उद्धार

पुस, १२ काठमाडौं । गौशालास्थित पशुपति मन्दिरको १ नम्बर गेट नजिकैबाट हराएकी २ वर्षीया बालिका आकिशा सुनुवारलाई प्रहरीले उद्धार गरेको छ । उनकी आमाले चलाउँदै आएको चिया पसलबाट एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरी कहाँ उजुरी परेको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले खोजी थालेको थियो ।

आज बालिकालाई भक्तपुरबाट उद्धार गरेर एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । उनले भने, ‘पक्राउ परेका व्यक्तिलाई स्वास्थ्य जाँचका लागि पठाएका छौं ।’

पक्राउ परेका व्यक्ति चिया पसलमा नियमित आइराख्थे । उनले प्रहरीसँग बालिका आफ्नो छोरी भएको दाबी गरेका छन् । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘उनको मानसिक अवस्था ठीक नभएको जस्तो बुझिन्छ, स्वास्थ्य जाँचपछि केही थाहा होला ।’

बालिका लिएर उनी पठाओमा गएको देखिएको थियो । पछि सीसी टीभी क्यामरालगायतको सहयोगमा बालिकालाई भक्तपुरबाट उद्धार गरिएको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com