Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

पाल्पा बस दुर्घटनामा ३३ घाइते (अपडेट)

twitter sharing button
email sharing button

पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा परी घाइते हुनेको संख्या ३३ पुगेको छ।  

बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार बिहान सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-५ जोरधारामा दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको र ३३ जना घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले दुर्घटनामा परी घाइते भएका ३३ जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

सामान्य घाइते भएका दुईजना भने सामान्य उपचार पछि घर फर्किएको प्रहरी नायब उपरीक्षक थापाले बताए। चारजना घाइतेको अवस्था भने चिन्ताजनक रहेको थापाले बताए।

दुर्घटनापछि बस सडकबाट करिब २ सय मिटर तल खसेको हो। 

बुटवलस्थित पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आवद्ध रहेको उक्त बसमा कति यात्रु चढेका थिए भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ।

दुर्घटना पछि जिल्ला प्रहरी कार्यालय पाल्पा, ट्राफिक प्रहरी र दोभान प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयबासीले घाइतेहरूको उद्धार गरेका थिए। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com