Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

९ घन्टापछि सेनाले गर्‍यो माइलाको उद्धार

नुवाकोटको ककनीस्थित  त्रिशूली ‘थ्रि ए प्रसारण लाइनमा झुन्डिएका माइला विकको उद्धार गरिएको छ।

नेपाली सेनाको टोलीले उनको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।
काठमाडौंबाट सेनाको टोली हेलिकप्टर लिएर उडेको थियो। त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली समेत खटिएको थियो।दिनभर उनलाई फकाएर उद्धार गर्न खोजे पनि प्रयास सफल भएको थिएन।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उनको उद्धार गर्न सहयोग मागेपछि नेपाली सेनाको हेलिकप्टरसहितको टोली ककनी उडेको थियो।

‘नेपाली सेनाको टोलीले भर्खरै उद्धार गर्नुभएको छ। उहाँहरूले पोलमा चढेर उद्धार गर्नुभयो,’ उनले भने।

शनिबार बिहान करिब १० बजे बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय माइला प्रसारण लाइनको विद्युतीय पोलमा चढेका थिए। उनी चढेको देखेपछि स्थानीयले प्रशासनलाई भनेर विद्युत लाइन बन्द गराउन लगाएका थिए।

पोलपछि उनी तारमा समेत झुन्डिन पुगेका थिए। उनलाई स्थानीय तथा प्रहरीले खाना खुवाउन बोलाएर पनि तल झार्ने प्रयास गरेका थिए। तर उनी झरेनन्।

यसरी दिनभर जस्तो विद्युत आपूर्ति बन्द हुँदा नेपाल विद्युत प्राधिकरणले भारतबाट आपूर्ति गरेको थियो। दिनभर विद्युत बन्द हुँदा एक करोडको हाराहारीमा क्षति पुगेको प्रवक्ता सुरेशबहादुर भट्टराईले‍ जानकारी दिए। सेतो पाटीबाट प्रकाशित

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com