Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

साउनको दोस्रो सातामा मात्रै एसईई नतिजा प्रकाशित हुने

साउन, ४ काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । त्यसपछि साउन पहिलो साता भाखा सारेको बोर्डले पुन अर्को भाखा सार्दै साउन दोस्रो साता पुर्याएको हो ।

प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले समय सरेको बोर्ड पदाधिकारीको भनाइ छ । ‘कुनै गल्ती नदोहोरियोस् भनेर हामी नतिजा प्रकाशनको तयारी गरिरहेका छौँ, साउन दोस्रो हप्तामा नतिजा प्रकाशित गर्छौ’ बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीको भनाइ छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com