Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

ट्राफिक जाममा भेटिए एउटै नम्बरका दुई बाइक

असार, १५ काठमाडौं आज सामाजिक सञ्जालमा एउटा तस्बिरले चर्चा पायो।
बिहान काठमाडौं गौशाला चोकको त्यो तस्बिरमा दुई जना मोटरसाइकल चालक ट्राफिक जाममा रोकिएका थिए। त्यो तस्बिरमा दुईवटा बाइकका सवारी चालकले एक अर्काको नम्बर प्लेट हेर्दै गरेको देखिन्छ।

दुबै मोटरसाइकलको एउटै नम्बर प्लेट देखेपछि उनीहरूले एकअर्काको नम्बर प्लेट हेरेका हुन्।
दुबै मोटरसाइकलमा बागमती प्रदेश-०२-०२२ प २३८० नम्बरको प्लेट छ।

त्यही तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ। सामाजिक सञ्जालमा आएपछि यसबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान गरेको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासका अनुसार यो तस्बिर बाहिरिएपछि कार्यालयले दुबै मोटरसाइकल खोजेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com