Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

तानसेनको ल्याण्डफिल साइट प्रयोगविहीन

पाल्पाको तानसेनमा फोहोर व्यवस्थापन चुनौती बनेको छ।
फोहोर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन।

तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयबासीले अवरोध गरेपछि प्रयोगमा आउन सकेन।

फोहोर व्यवस्थापनमा स्थानीय तहले तीन करोड रुपैयाँभन्दा बढी लागतमा ल्याण्डफिल साइट निर्माण गरेको थियो। फोहोरमैला बस्ती नजिकै फालिने गर्दा मानव स्वास्थ्यमा नराम्रो असर पार्ने भन्दै स्थानीयबासीले विरोध गरेका हुन्।

सामुदायिक वनमा फालिएको फोहोरले बाटोमा ओहोरदोहोर गर्ने यात्रुलाई दुर्गन्धले वारपार गर्न अप्ठ्यारो महसुस हुने गरेको छ।
तानसेन क्षेत्रबाट मात्र दैनिक साढे दुई टन फोहोर उत्पादन हुन्छ।

लामो समयदेखि चुनौतीको विषय बनेको फोहोर व्यवस्थापनको समस्यालाई कुन माध्यमबाट समाधान गर्न सकिन्छ, त्यसको अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताउँ, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ।

उनी भन्छन्, ‘सरोकारवाला सबैको समन्वयमा पहिला ल्याण्डफिल साइटको अध्ययन गर्नेछौं, तयार गरिसकेको संरचनाबाट फोहोरको समस्या समाधान प्रक्रिया नहुने भएमा वैकल्पिक स्थान खोज्नेछौं।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com