Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भारतीय क्रिकेटर शुभमन गिललाई डेंगी, विश्वकपको पहिलो खेल गुमाउन सक्ने

messenger sharing button

भारतीय राष्ट्रिय टिमका ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई डेंगी संक्रमण भएको छ। टाइम्स अफ इन्डियाका अनुसार गिललाई उच्च ज्वरो आएको छ।

चेन्नईमा आएदेखि नै उनलाई उच्च ज्वरो आएकाले डेंगी परीक्षण गर्दा पोजेटिभ देखिएको बिसिसिआई स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

डेंगीको संक्रमण निको हुन कम्तीमा दुई साता लाग्छ। डेंगीका कारण गिलले आइतबार हुने अष्ट्रेलियाविरूद्धको खेल गुमाउन सक्ने देखिएको छ।

उनको ठाउँमा अर्का ओपनर इशान किशानले ब्याटिङ गर्ने मौका पाउने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com