Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

याक्सनमा बालेन्द्र साह भवनको अण्डरग्राउण्डलाई नक्सापास भए अनुसार प्रयोग नभए कारबाही गर्ने

भदौ, ६ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ ।

महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै आज (सोमबार)देखि महानगर एक्सनमा उत्रने तयारी गरेको हो ।

साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा अनुसार अण्डरग्राउण्डलाई प्रयोग गर्न निर्देशन दिएको थियो ।

काठमाडौं महानगरपालिकाले आज बानेश्वर क्षेत्रको अन्डरग्राउण्ड अनुगमन गर्ने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘हामीले नक्सा विपरित प्रयोजन हुँदै आएको अन्डरग्राउण्ड, नक्सा पास भएअनुसार नै प्रयोग गर्न ३५ दिन अगाडि सूचना जारी गरेका थियौं । सो सूचनामा अटेर गरे कानुन बमोजिम अनुसार कारबाही गर्ने बताएका थियौं । सोही अनुसार नै हामी आज अनुगमन गछौं,’ उनले भने ।

मेयर बालेन्द्र साहको सचिवालयका अनुसार बानेश्वर क्षेत्रमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर अन्य प्रयोजनामा लगाइएका संरचना भत्काउन खोज्दा हुनसक्ने तनावको स्थितिलाई नियन्त्रण गर्न महानगरले प्रहरीसँग छलफल समेत गरिसकेको छ ।

आइतबार काठमाडौं महानगरका मेयर साहले काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुक र ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक ९डिआईजी० मिरा चौधरीसँग छलफल समेत गरेका छन् । राष्ट्रिय सभागृह भृकुटीमण्डपमा छलफल भएको हो ।

नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष लुइँटेलका अनुसार बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com