Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

‘नाइँ नभन्नु ल ६’मा जोडिइन् केकी अधिकारी

काठमाडौं । अभिनेत्री केकी अधिकारी फिल्म ‘नाइँ नभन्नु ल ६’मा जोडिएकी छन् । चार दिनदेखि केकीलाई लिएर निर्माताले झापामा फिल्म सुटिङ गरिरहेका छन् ।

निर्मातामध्येका उत्तम केसीले केकीले छायांकन सेट ज्वाइन गरेको बताए । केकीले पनि अझै डेढ साता छायांकनमा व्यस्त हुने जानकारी दिएकी छन् ।

फिल्ममा केकीको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । फिल्ममा आँचल शर्मा र आशिर्वाद बरालको प्रमुख भूमिका छ । विकासराज आचार्यको निर्देशनमा छायांकन भइरहेको फिल्मलाई आगामी वैशाख १ गते रिलिज गर्ने योजना छ ।

निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्न लागेका हुन् । अनलाइन खबर बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com