Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

श्रीलङ्कामा स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगित

श्रीलङ्कामा स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगित गरिएको छ । श्रीलङ्काको निर्वाचन आयोगले गएको वर्ष संसदबाट निर्वाचित राष्ट्रपतिले मतदानका लागि आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगन गरेको जनाएको छ । आउँदो मार्च ९ तारिख अर्थात् यही २५ गते हुनेगरी घोषणा गरिएको थियो ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेको प्रशासनले चुनावका लागि आवश्यक १० अर्ब भारतीय रुपैयाँ (झण्डै दुई करोड ७० लाख अमेरिकी डलर) सहयोग उपलब्ध गराउन अस्वीकार गरेकाले निर्धारित कार्यक्रमअनुसार मतदान हुन नसक्ने पाँच सदस्यीय निर्वाचन आयोगले जनाएको छ । यसअघि विक्रमासिङ्घेले आर्थिक सङ्कटका बेला चुनाव गर्नु असहज भएको बताउनुभएको थियो ।

श्रीलङ्काले लामो समयदेखि अति मुद्रास्फीतिसँगै अत्यावश्यक वस्तुहरूको चरम अभाव भोग्दै आएको छ । तर राष्ट्रपतिको भनाइलाई विपक्षी सांसदहरूले आलोचना गरी आर्थिक सङ्कटलाई देखाएर लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको टिप्पणी गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com