Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

धादिङको दम्पती हत्या अभियोगमा दुई बालक प्रहरीको नियन्त्रणमा

धादिङ – धादिङको मूलपानीमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई अनुसन्धानका लागि नियन्त्रण लिएको हो ।

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीको आहाले गाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर हत्या गरिएको अवस्थामा मङ्सिर २६ गते सोमबार बिहान घरमै फेला परेका थिए । स्थानीयवासीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका एक जना कक्षा ८ र अर्का कक्षा ६ मा अध्ययनरत बालक हुन् । उनीहरूसँग हत्या भएका दम्पतीले चलाउँदै आएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ ।

नियन्त्रणमा लिएका दुवै बालकमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com