Yeti Khabar

२०८० आश्विन ११, बिहीबार - Thu Sep, 2023 -

खटिए मतदान अधिकृतः निर्वाचन गतिविधि तीव्र

कञ्चनपुरका ३४१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक खटिएका छन्।
कञ्चनपुरको महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएसँगै मतदान अधिकृत मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित आ–आफ्नो मतदान केन्द्रमा खटिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी काम अघि बढाइसकेको जानकारी दिए।
‘मतदान अधिकृत आ-आफ्नो केन्द्रमा पुगेर सर्वदलीय बैठकसमेत गरिसकेका छन्’, उनले भने, ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ।’

यसैगरी, बुधबार र बिहीबार मतदान केन्द्रमा नयाँ मतदाता र हराएको भनि निवेदन दिएकालाई मतदान परिचयपत्र वितरण गरिने निर्वाचन कार्यालयले जनाएको छ।
‘हिजो रातिदेखि मौन अवधि सुरू भएको छ’, उनले भने, ‘अहिलेसम्म मौन अवधि उल्लंघन भएको हामीकहाँ उजुरी परेको छैन।’

नौ वटा पालिका रहेको कञ्चनपुरमा कूल दुई लाख ९५ हजार ३५४ मतदाता रहेका छन्। त्यसैगरी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मी परिचालन भइसकेको बताए।

‘भयरहित वातावरणमा वैशाख ३० गतेको निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुनुहोस्’, कार्यालय प्रमुख जोशीले भने, ‘सीमा नाका बन्ददेखि मदिरा बेचबिखनसमेत निषेध गरिएको छ।’
जिल्ला सुरक्षा समितिले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँग समन्वय गरेर निर्वाचन सम्पन्न गराउन सक्रिय भूमिका निभाएको छ। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com