Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

साउन,१४ काठमाडौं । आउँदो १७ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तयार पार्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने महासचिव देव गुरुङले बताए ।

केन्द्रीय कमिटी बैठकमा माओवादीले राजनीतिक परिस्थिति, सांगठनिक संरचना र नेताहरूको कार्यविभाजनबारे छलफल गर्ने तयारी गरेको छ। त्यसका लागि राजनीतिक प्रतिवेदनको मस्यौदा बनाउने जिम्मेवारी उपाध्यक्षाहरू र सांगठनिक प्रतिवेदन बनाउने जिम्मेवारी उपमहासचिवहरूलाई दिएको छ।

उपाध्यक्ष तथा उपमहासचिवहरूले तयार पारेको मस्यौदामा पदाधिकारी बैठकमा छलफल गरेपछि माओवादीले भोलि या पर्सिमा स्थायी कमिटी बैठक बोलाउने र बैठकबाट पारित भएको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश गर्ने महासचिव गुरुङले जानकारी दिनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com