Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

अन्तत: पेरिस सेन्ट जर्मेनमै बस्ने भए एम्बाप्पे

फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले अन्ततस् पेरिस सेन्ट जर्मेनमै बस्न सैद्धान्तिक सहमति जनाएका छन् । २०१८ को विश्व कप विजेता खेलाडी यो सिजन रियल म्याड्रिड जाने चर्चा थियो । तर उनले अब फ्रान्सेली च्याम्पियनसँग नयाँ करार गर्न लागेको बताइएको छ ।

एमबाप्पेले पीएसजीसँग तीन वर्षको नयाँ सम्झौता गर्ने छन् । सम्झौतामा हस्ताक्षर हुन बाँकी छ तर पीएसजीले शनिबार साँझ मेट्जसँग सिजनको अन्तिम खेल पछि यसको घोषणा गर्ने सम्भावना छ। ​एम्बाप्पेले स्पेन जानका लागि केही महिना अघि रियलसँग आर्थिक प्याकेजमा सहमति जनाएका थिए, तर अहिले उनी कार्लो एन्सेलोटीको टोलीमा नजाने निर्णय गरेका छन् । २३ वर्षीय खेलाडी अगस्ट २०१७ मा मोनाकोबाट सिजन-लामो लोनमा पीएसजीमा समेल भएका थिए । उनले पाँच सिजनमा पीएसजीलाई चार लिग वान उपाधि जिताइसकेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com