Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

आइरल्याण्डमा इन्स्टाग्रामलाई ४ सय ५ मिलियन युरो जरिवाना

आइरल्याण्डको प्रविधि नियामक निकायले इन्स्टाग्रामलाई ४ सय ५ मिलियन युरो जरिवाना तोकेको छ। बालबालिकाको गोपनियता उल्लंघन गरेको भन्दै आइरिस नियामक निकायले इन्स्टाग्रामलाई जरिवना तोकेको बीबीसीले जनाएको छ।

बालबालिकाको फोन नम्बर तथा इमेल दुरूपयोग भएको विषयमा उजुरी परेको थियो। इन्स्टाग्रामको स्वामित्व मेटाअन्तर्गत छ। मेटाले जरिवानाविरूद्ध अपिल गर्ने बताएको छ। यो सहित इन्स्टाग्रामलाई आइरल्याण्डको डेटा सुरक्षा आयोग (डिपिसी)ले तेस्रो पटक जरिवाना तोकेको हो।

‘हामीले हाम्रो अन्तिम निर्णय शुक्रबार सुनाएका छौं। निर्णयअनुसार ४ सय ५ मिलियन युरो जरिवाना तिर्नुपर्छ,’ डिपिसीले भनेको छ।
मेटाले भने पुरानो फिचरलाई लिएर जरिवाना तोकिएको बताएको छ। अहिले त्यसलाई परिमार्जन गरेर नयाँ फिचर थप गरिएको उसको भनाइ छ।

‘यो जरिवाना पुरानो फिचरलाई आधार मानेर गरिएको छ। बालबालिकाको डेटा सुरक्षालाई ख्याल गर्दै हामीले नयाँ फिचर ल्याइसकेका छौं,’ मेटाले भनेको छ। युरोपियन युनियनको डेटा सुरक्षा नियमावली विपरीतका गतिविधिमा डिपीसीले पहिलो पटक यति ठूलो जरिवाना तोकेको हो।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com