Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

हत्यारालाई आममाफी दिएको भन्दै चौतर्फी आलोचना, आममाफी विरुद्धको रिटमा आज सुनुवाइ

काठमाण्डाै – २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल (रिगल)ले आममाफी पाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको  छ ।

सरकारले अपराधीलाई संरक्षण दिएको भन्दै प्रतिपक्षसहित सत्ता पक्षका सांसद, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवालगायतले सरकारकाे आलोचना गरिरहेका छन् । यस्तै, चेतनकी श्रीमती भारती मानन्धरले रिगललाई आममाफी दिने निर्णय फिर्ता गर्न माग गर्दै अनशन थाल्नु भएको छ ।

न्यायका लागि नेपालगञ्जबाट काठमाण्डाै आएकी भारतीले माइतीघरमा हिजोदेखि रिले अनसन थाल्नुभएको हो । उहाँले न्याय नपाएसम्म घर नफर्किने बताउनु भएको छ । हत्यामा संलग्नलाई फेरि जेल चलान गर्नुपर्ने उहाँको माग छ । हिजो सर्वोच्च अदालतमा तारेख बुझ्न गएका बेला उहाँ सर्वोच्च परिसरमा ढलेपछि वीर अस्पताल लगेर उपचार गरिएको थियो ।

रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखेर गएको आइतवार भारतीले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । यो रिटमा आज सुनुवाइ हुने गरी पेशी तोकिएको छ ।

रिगलविरुद्ध २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर, संविधान दिवसको अवसरमा गएको ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि रिगल कैद मुक्त भएका थिए ।उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com