Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

नेपालगञ्ज घटनाबारे मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरू

राष्ट्रिय मानवअधिकार आयोगले बाँके–२ नेपालगञ्जका सुन्दर हरिजनको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटना गम्भीर प्रकृतिको भएकाले संवेदनशीलरूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

आयोगले आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोग सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ । बाँके–२ नेपालगञ्जका सुन्दर हरिजन रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको अवस्थामा यही जेठ ४ गते मृत्यु भएको थियो । उक्त घटनाको आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले यही जेठ १९ गतेदेखि घटना सम्बन्धमा स्थलगत अनुसन्धान सुरू गरेको छ ।

उक्त घटनालाई आयोगले गम्भीररूपमा लिई यही जेठ ५ गतेदेखि नै सम्बन्धित सरोकारवालासँग जानकारी लिनुका साथै नेपाल सरकारलगायत सम्बद्ध निकायबाट भइरहेका कार्यको नजिकबाट अनुगमन गरिरहेको थियो । मोवाइल चोरीको आरोपमा नाबालक अवस्थामा कारागार चलान गरिएका सुन्दर हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजय विक्रम शाहको नाममा रोल्पा कारागारमा रेहेको अवस्थामा आत्महत्या गरेको जानकारी आयोगलाई प्राप्त भएको आयोगले जनाएको छ । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com