Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

दोलखामा भरुवा बन्दुक पड्काउँदा एक जनाको मृत्यु

मंसिर,१७ काठमाडौं । भरूवा बन्दुक पड्किँदा दोलखामा एक युवाको मृत्यु भएको छ। तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेस्थित जंगलमा २२ वर्षीय सञ्जिव कार्कीको हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दीपक खड्काले बताए।

भरूवा बन्दुक लिएर कार्कीसहित सात जना गए राति घरनजिकै जंगलमा सिकार खेल्न गएका थिए। कार्कीले भरूवा बन्दुक पड्काउँदा आफैंलाई लागेको थियो।

हिजो बेलुकी करिब ११ बजेतिर सञ्जिवले भरूवा बन्दुक पड्काएको र आफैंलाई लागेको उनीसँगै गएका साथीहरूले बयानका क्रममा भनेका छन्,’ उनले भने, ‘घटनाबारे प्रहरीलाई गए राति करिब २ बजेतिर खबर आएको थियो।’ प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com