Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची सुरुङमा पानी पठाउने

काठमाडौं २८ चैत ।प्रधानमन्त्री शेरबहादुर देउवाले भोली मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी परिक्षणका लागि पठाउने भएका छन् । गत असारमा आएको बाढी पहिरोले क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजना स्थलको मर्मत भएपछि फेरी काठमाडौंमा पानी ल्याउन परिक्षण गर्न लागिएको हो ।
बाढी पहिरोले पु¥याएको क्षतिलाई ३ महिना लगाएर मर्मत गरिएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख बासुदेव पौड्यालले जानकारी दिए । उनले भने–‘हामीले अस्थायी बाँध बाँधेका छौं, भोली सुरुङमा पानी पठाएर परिक्षण गर्न लागिएको हो ।

प्रधानमन्त्री देउवाले बिहान सुन्दरीजलमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्ने र दिउसो मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलमा गएर पानी पठाउने कार्यक्रम राखिएको छ ।
यस वर्षको वर्षायामको बाढी पहिरोले आयोजना स्थलमा असर गरेपछि सरकारले चैत मसान्तसम्म मर्मत गरेर काठमाडौंमा पानी ल्याउने योजना बनाएर काम गरेको थियो । बाढी र पहिरोको कारण आयोजनास्थललाई माथिल्लो भागदेखि आएको ग्रेग्यानले ढाकेको थियो । गत वैशाखमा उद्घाटन भएपछि झन्डै २ महिना परिक्षणका रुपमा मेलम्चीबाट काठमाडौंमा पानी ल्याइएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com