Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

गोदावरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेस निर्वाचित

जेठ,४ काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विरेन्द्र भट्ट निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टलाई पराजित गर्दै उनी नगर प्रमुखमा निर्वाचित भएका हुन ।

काँग्रेसका उम्मेदवार विरेन्द्रले १५ हजार पाँच सय नौ मत प्राप्त गरेका छन भने प्रतिष्पर्धि गोकर्णले ११ हजार दुई सय २४ मत प्राप्त गरेका हुन । यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार शारदा देवी रोकाया निर्वाचित भएकी छन् । उनले १० हजार छ सय ७० मत प्राप्त गरेकी थिइन् ।

नगरपालिकाको उपप्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नगर प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा एकीकृत समाजवादीलाई उम्मेदवार बनाएको थियो । सो नगरपालिकामा सत्ता गठबन्धनकातर्फकी उपप्रमुखकी उम्मेदवार रतना कडायतले नौ हजार नौ सय ८३ मत प्राप्त गरेकी छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com