Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सर्लाहीमा १० पोका गाँजासहित एकजना पक्राउ

फागुन,११ काठमाडौं । प्रहरीले १० पोका रिफाइन गाँजाको प्याकेटसहित सर्लाहीबाट एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले निजी कारमा लुकाइछिपाई तस्करी गर्ने क्रममा गाँजाको प्याकेटसहित एकजनालाई पक्राउ गरेको हो ।

सर्लाही प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीका अनुसार सर्लाहीको बागमती नगरपालिका- ३ नयाँ बस्ती चोकस्थित नयाँरोड बरहथवा सडक खण्डमा गोप्य सूचनाको आधारमा दक्षिणबाट उत्तरतर्फ आइरहेको बागमती प्रदेश ०१-०२६ च ५१५९ नम्बरको कारलाई चेकजाँच गर्दा कारभित्र लुकाइछिपाई ल्याएको १० पोका गाँजा बरामद भएको छ। एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका- ११ बस्ने वर्ष ३० का कार चालक सूर्य परियार छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com