Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

अर्थमन्त्रीको स्पष्टीकरण : सांसदको खल्तीमा ५ करोड जाने होइन

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बचाउ गरेका छन् । यो कार्यक्रमको बजेट सांसदको खल्तीमा नजाने भन्दै उनले यसमा आत्तिनु नपर्ने बताए ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नको सोमबार जवाफ दिँदै अर्थमन्त्री महतले बजेटको महत्व कम देखाउन निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट सांसदको खल्तीमा जाने गरी विनियोजन भयो भनेर प्रचार गरिएको बताए । प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोट बजेट विनियोजन गरेका उनले भने, ‘यो रकम माननीयहरुको खल्तीमा जाने होइन ।’

सांसदहरुको सिफारिसमा बढीमा ५ वटा योजनामा रकम खर्च गर्ने र त्यसको ठेक्का सम्बन्धित मन्त्रालयले लगाउने उनले बताए । ‘माननीय ज्यूहरुले सिफारिस पनि गर्न नहुने जायज छैन’, अर्थमन्त्री डा. महतले अघि भने, ‘जनताको अपेक्षा धेरै छ, सांसदहरुलाई ल मेकरका रुपमा मात्र जनताले बुझेका छैनन्, सुखदुःखमा सम्बोधन गरिदिओस् । त्यसकारण सिफारिस जायज छ ।’

निर्वाचन क्षेत्र विकास कार्यक्रममा सांसदहरुलाई भेदभाव नगरिएको उनले बताए । समानुपातिक, प्रत्यक्ष र राष्ट्रिय सभाका सदस्य सबै मिलेर योजना सिफारिस गर्ने गरी कार्यविधि बनाउने उनले सुनाए ।

यदि कुनै निर्वाचन क्षेत्रका सांसदहरुले यो रकम नलिने हो भने रकमान्तर भएर पुँजीगत खर्चका रुपमा उपयोग गर्ने अर्थमन्त्री डा. महतले बताए । अनलाइन बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com