Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । थापा यसअघि एकता महाधिवेशनमा लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेकी थिइन् ।

मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा काठमाडौँ, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौँ, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौँ रहेका छन् । यसअघि पुस २० मा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । योसँगै राप्रपाको केन्द्रीय कार्य समिति १९५ सदस्यीय बनेको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com