Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

थाइल्यान्डमा पटका गोदाममा विस्फोट हुँदा नौ जनाको ज्यान गयो, एक सय जनाभन्दा धेरै घाइते

थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको ज्यान गएको छ । घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ । नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले पटाका भण्डारण गर्ने गोदाममा विस्फोट भएको र एक सय १५ जना घाइते भएका बताउनुभएको छ । उनीहरुको उपचार भैरहेको छ । गोदाममा लागेको आगो निभाइएको छ ।

विस्फोटका कारण थुप्रै घर, पसल र गाडीमा पनि क्षति पुगेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com