Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि मध्यरातमै हङ्गामा

whatsapp sharing button

रामपुर । निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि एक पुरुषले मध्यरातमै हङ्गामा गर्नुका साथै मामिलालाई प्रहरी कार्यालयसम्म पुर्‍याएका छन् ।

घटना भारतको उत्तर प्रदेश राज्यको रामपुरमा भएको हो । अजीमनगर थाना क्षेत्र अन्तर्गत भएको सो घटनाबारे प्रहरीले उक्त दम्पतीको परिचय भने खुलाएको छैन ।

प्रहरीका अनुसार ६ महिना अघि उनीहरूको विवाह भएको थियो । तर, गत आइतबार राति निन्द्रामै पत्नीले आफ्नो भिनाजुको नाम बारम्बार लिएकी थिइन् ।

बारम्बार भिनाजुको नाम लिएपछि रिसले रन्थनिएका ती युवकले पत्नीलाई कुटपिट गरे । मध्यरातमा हो–हल्ला भएपछि छिमेकीहरूसमेत भेला भएका थिए ।

सोमबार बिहानै ती युवकले पत्नीका माइती पक्षलाई समेत बोलाएका थिए । त्यसपछि मामिला प्रहरी कार्यालयसम्म पुगेको थियो । प्रहरीले ती महिलासँग सोधपुछ गर्दा आफूले डरलाग्दो सपना देखेका कारण भिनाजुको नाम लिएको हुन सक्ने बताएकी थिइन् ।

आफूले सपना देखेको कुरा भने पनि राति पतिले निरन्तर कुटपिट गरेको उनको गुनासो थियो । पछि प्रहरीले दुवैलाई सम्झाइबुझाइ घर फर्काएको बताइएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com