Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बारामा नक्कली नोटसहित पाँचजना पक्राउ

माघ,२५ काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले एक हजार दरका ६१ थान नक्कली नेपाली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा परवानीपुर गाउँपालिका– ५ का सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको वीरगन्ज महानगरपालिका– १० का विशालकुमार श्रीवास्तव, सोही ठाउँ बस्ने नीरज श्रीवास्तव र सर्लाहीको चन्द्रनगर गाउँपालिका निवासी ४४ वर्षीय रामचन्द्र महतो कोइरी रहेका छन्।

विशेष सूचनाको आधारमा उनीहरूलाई नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com