Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सिरियामा कर्मचारीको तलब शतप्रतिशत बढाउन राष्ट्रपतिको निर्देशन

सिरियाका राष्ट्रपति बसर अल असदले कर्मचारीको तलब शतप्रतिशत बढाउन निर्देशन दिनुभएको छ । सरकारले इन्धनको मूल्य उच्च अङ्कले बढाएपछि मासिक तलब पनि बढाउन राष्ट्रपतिले आदेश दिनुभएको हो ।

सन् २०११ मा युद्ध सुरु भएयता सिरियाको अर्थतन्त्र गम्भीर सङ्कटमा छ । त्यहाँ अहिले सरकारी कर्मचारीको मासिक तलब १० देखि २५ अमेरिकी डलरको बीचमा छ ।

मङ्गलवार मध्यरात सिरियाली आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रालयले ढुवानी र बेकरीका लागि डिजेल इन्धनको मूल्यमा एक सय ८० प्रतिशत र पेट्रोलमा झण्डै एक सय ६५ प्रतिशतले वृद्धि गरेको थियो । इन्धनको मूल्यवृद्धिपछि खाद्यान्नको भाउ बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com